काठमाडौं, १३ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा अहिले चर्चित अभियान ‘नो नट एगेन’लाई पानीको फोकाको संज्ञा दिएका छन् ।

उनले यस्ता अभियान र स्वतन्त्र उम्मेदवारको कुनै अर्थ नभएको पनि बताएका छन् ।

यस्ता अभियान र स्वतन्त्र उम्मेदवारले मुलुकलाई अराजकतातिर लैजाने जोखिम रहेको पनि उनले आरोप लगाएका छन् । चुनावी कार्यक्रमका लागि गोरखाको भच्चेकमा रहेका प्रचण्डले आफ्नो सम्बोधनमा यस्तो बताएका हुन् ।

प्रतिनिधिसभाका लागि गोरखा–२ बाट उम्मेदवार बनेका दाहाल यतिबेला मतदाता भेटघाट कार्यक्रममा व्यस्त छन् ।