काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाको स्वास्थ्यमा समस्या देखिएको छ ।

चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपपिछ उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको हो ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहेका उनी बेहोस भएपछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना भएका छन् ।

अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उनी बेहोस भएपछि अस्पताल लगिएको हो । अहिले उनको होस आइसकेको अस्पतालले जनाएको छ ।