बुटवल, १३ कार्तिक । बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरअगाडि शंकास्पद वस्तु फेला परेको छ ।

आइतबार बिहान बुटवल–१२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा काटुनमा खतरा खेलिएको बम जस्तै देखिने वस्तु भेटिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले प्रहरी घटनास्थलमा पुगेकोले विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

उम्मेदवार पौडेलले बिहानै आफू घर बाहिर निस्केको र फर्केर घर जाँदा गेटमा काटुनमा शंकास्पद वस्तु देखेको बताए ।