मधेस प्रदेशमा सोमबार पनि सार्वजनिक बिदा

जनकपुरधाम, १३ कार्तिक । मधेस प्रदेश सरकारले छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।
केन्द्र सरकारले आज आइतबार मात्र बिदा दिएपछि प्रदेश सरकारले भोलि पारणको दिन पनि बिदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् ।
जनकपुरधामसहित देशभर आज छठ पर्वको मख्य दिन अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिँइदैछ ।
भोलि उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएसँगै यसवर्षको छठ पर्व विधिवत रुपमा समाप्त हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


