धनुषामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु

जनकपुरधाम, १२ कार्तिक । धनुषामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको विदेह नगरपालिका वडा नम्बर–७ बस्ने १८ वर्षीय रितेशकुमार यादव रहेका छन् ।
विदेह नगरपालिकास्थित तिनकौरियाबाट लग्मातर्फ जाँदै गरेको प्रदेश २–०२–००५ प ५३८१ नम्बरको मोटरसाइकल र लग्माबाट आउँदै गरेको स.१० प ७९७५ नम्बरको मोटरसाइकल सघाडास्थित हुलाकी सडक खण्डमा एकआपसमा ठोक्किदाँ दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको जनकपुरधामस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी गिद्धाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


