दलित नेता अनिल पासवान जनमतमा प्रवेश

जनकपुरधाम, १२ कार्तिक । जनमत पार्टीबाट धनुषा ३(क)को प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका डा. प्रसन्नकुमार झाले घरदैलोका साथै शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमका लागि उम्मेदवार झा शनिवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० पुगेका थिए ।
वडा नम्बर–२० स्थित उम्मेदवार झाको अगुवाईमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा दर्जनांै नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । दलित नेता अनिल पासमानको नेतृत्वमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई उम्मेदवार झाले पार्टीमा स्वागत गरेका थिए ।

झाले शनिबार नै मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–६ मा समेत शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका हुन् । सो कार्यक्रममा झाले जनमत पार्टीको पक्षमा मत दिन मतदातासँग आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


