निर्वाचनबाट निष्ठा र इमान्दारीता हार्नु हुँदैन : प्रदीप पौडेल

काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले निर्वाचनबाट निष्ठा र इमान्दारीता हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।
काठमाडौं महानगरपालिका–४ को संयुक्त गठबन्धनले शनिबार धुम्बाराहीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले निर्वाचनबाट निष्ठा र इमान्दारीता हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नु पर्ने बताएका हुन् ।
‘निर्वाचनबाट निष्ठा हार्नु हुँदैन । निर्वाचनबाट इमान्दारीता हार्नु हुँदैन,’ नेता पौडेलले भने, ‘त्यो कुरामा मतदाताले गम्भीर ढंगले सोचिदिन पर्छ ।’
काठमाडौं–५ देशकै सबैभन्दा विवेकी मतदाता भएको ठाउँ भएको जिकिर गर्दै नेता पौडेलले विवेकी मतदाताले आफ्नो प्रतिनिधि कस्तालाई बनाउँछन् भनेर यो देशले हेरिरहेको बताए ।
काठमाडौं–५ बाट हुने आफ्नो जीतको श्रेय पार्टी र गठबन्धनमा रहेका अन्य दललाई जाने भन्दै जितेर गएपछि पार्टीलाई अलोकप्रिय हुन बनाउने काम आफूले नगर्ने प्रतिवद्धता दोहोर्याए ।
काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरूको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


