कोदोबारीमा बम विस्फोट हुँदा दुई बालिकाको घटनास्थलमै मृत्यु, तीनजना गम्भीर घाइते

कालिकोट, १२ कार्तिक । कालिकोटको एक कोदोबारीमा बम विस्फोट हुँदा दुई बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।
घटना तिलागुफा नगरपालिका–१० मा पर्ने रानावाडाको हो । कोदोबारीमा बम विस्फोट नयाँ बम हो या पुरानो हो भन्ने खुलेको छैन ।
त्यही ठाउँमा खेलिरहेका ४ वर्षीया झरना थापा र सरस्वती रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
गम्भीर घाइते हुनेमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा र ३ वर्षीया दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।
उनीहरु खेलिरहेको स्थानमा अचानक बम विस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


