बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

बारा, १२ कार्तिक । बारा प्रहरीले बालिका बलात्कारको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको परवानीपुर गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय आकाश कुमार मण्डल भनिने सनी कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
गत असोज २३ गते राति १५ वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
घटना असोज २३ गतेको भएपनि उजुरी भने कात्तिक ८ गते मात्रै परेको डीएसपी गिरीले बताए । उजुरी परेलगत्तै आकाशलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाएको गिरीको भनाइ छ ।
पक्राउ परेका आकाश वीरगञ्ज–१४ बहुअरीस्थित स्पर्श मल्टी स्पेसालिटी अस्पतालमा स्वीपरको काम गर्दै आएका थिए । बालिका सोही अस्पतालमा भर्ना भएका आफन्तलाई भेट्न आउने जाने गर्थिन् ।
चिनजानपछि फोनमा समेत कुराकानी हुने गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


