सिरहा, १२ कार्तिक । सिरहास्थित एक खोलामा नवजात शिशुको शव फेला परेको छ ।

शनिवार बिहान सिरहाको गोलबजार नगरपालिका वडा नम्बर–८ मा रहेको मैनावती खोलामा नवजात शिशुको शव फेला परेको हो ।

छठ पर्वको लागि खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आवश्यक प्रक्रिया पुरा गरी प्रहरीले पोस्टमार्टमको लागि शिशुको शव प्रादेशिक अस्पताल लहान पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर राजु केसीले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।