काठमाडौं, ११ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले चुनावमा जित ननिकाले देशले हार्ने बताएका छन् ।

यसका लागि उनले विगतका तितामिठा त्यागेर गठबन्धनका दलहरुलाई मत दिन आह्वान पनि गरेका छन् ।

धादिङको सल्यानटारमा आयोजित एक कार्यक्रममा प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनले नजिते देशमा प्रतिगामी गठबन्धनले जित्ने र यसले देश हार्ने बताएका हुन् ।

उनले यो निर्वाचन एउटा युद्ध भएको र गठबन्धनले जिते मात्र देशले जित्ने पनि बताएका छन् । धादिङमा उनले नेकपा एकीकृत समाजवादी र यसका अध्यक्ष माधवकुमार नेपालको पनि प्रशंसा गरे ।