गगन थापालाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टिकरण

काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसका काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापालाई निर्वाचन आयोगले फेरि स्पष्टिकरण सोधेको छ ।
यसअघि जुन विषयमा स्पष्टिकरण सोधिएको थियो, त्यही विषयमा यसपटक पनि आयोगले स्पष्टिकरण सोधेको हो । यसअघि आयोगले सोधेको स्पष्टिकरणको जवाफमा थापाले सार्वजनिक कार्यक्रममा जवाफ दिएका थिए ।
यसअघि थापाले सामाजिक सञ्जाल फेसबुकमा डेंगी परीक्षण निःशुल्क गर्ने र आफूहरु टोलटोलमा आउने सन्देश दिँदै एक भिडियो राखेका थिए । त्यही भिडियोको आधारमा आयोगले उनलाई स्पष्टिकरण सोधेको थियो ।
यसको जवाफमा थापाले एक सार्वजनिक कार्यक्रममा आफूले यस्तो गल्ती बारम्बार गर्ने बताएका थिए । यही आधारमा आयोगले उनलाई फेरि स्पष्टिकरण सोधेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


