बारा, ११ कार्तिक । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु भएको छ । मोटरसाइकल चलाएका छोरा घाइते भएका छन् ।

हेटौंडा १६ की ४५ वर्षकी होम थापा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पुर्याइएको थियो ।अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे ।

मोटरसाइकल चलाएका उनका छोरा २३ वर्षका पुजन थापाको सिमरामा रहेको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।