काठमाडौं, ११ कार्तिक । रौतहट निर्वाचन क्षेत्र नम्बर–३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह अन्ततः सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।

नेकपा एमालेबाट टिकट पाए पनि साहले अन्तिम समयमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिँदा स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिएका थिए । उनलाई निर्वाचन आयोगले चापाकल चुनाव चिन्ह प्रदान गरिसकेको छ ।

नेकपा एमालेबाट विद्रोह गरेका साहलाई सत्तारुढ गठबन्धनले आधिकारिकता दिएको हो ।

साहले अन्तिममा स्वतन्त्रबाट उम्मेदवारी दिएपछि उक्त क्षेत्रमा नेकपा एमालेबाट कसैले पनि उम्मेदवारी दिन पाएनन् । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपा एमालेले उनलाई कारवाही गरिसकेको छ । उनी नेकपा एमालेका स्थायी कमिटी सदस्य थिए ।

साहले यसअघिका तीन वटा निर्वाचन यही क्षेत्रबाट जितेका थिए ।