काठमाडौं, ११ कार्तिक । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।

घरमै बसिरहेको बेला दिउँसो एक्कासि लडेर बेहोस भएका उनको बिहीबार साँझ निधन भएको हो ।

बेहोसपछि उनलाई गोरखा अस्पताल पु¥याइएको थियो । गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

युवा संघ नेपालका केन्द्रीय पदाधिकारीसमेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।