कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसले घोषणापत्र तयार गरेको छ । उक्त घोषणापत्र शनिबार बिहान कांग्रेसले सार्वजनिक गर्न लागेको हो ।
कांग्रेसले आउँदो मंसिर ४ मा हुन लागेको निर्वाचनका लागि तयार गरेको घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान सार्वजनिक गर्ने तयारी भइरहेको मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


