दाङ, ११ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–३ बारमौजामा झडप हुँदा दुईजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएराति बारमौजाका टीकाराम केसीलगायतको समूहले सामान्य विवादमा बियरको बोतलले हान्दा १९ वर्षीय आशिष थापा र २२ वर्षीय झरेन्द्र थापा घाइते भएका हुन् ।

घाइते दुवैको अहिले राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घटनामा संलग्न व्यक्ति फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।