काठमाडौं, १० कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका दुईजना केन्द्रीय सदस्यसहित केही नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

लोसपाका नेताहरू राजाराम साह, प्रिय रानी रश्मि सिंह र प्रदेश सदस्य राजकुमार सिंहलगायत नेताहरू एमाले प्रवेश गरेका हुन् ।

केन्द्रीय सदस्य सुमन प्याकुरेलको संयोजनमा उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराएका हुन् ।

अध्यक्ष ओलीले एमाले प्रवेश गरेकाहरूलाई क्षमताका आधारमा जिम्मेवारी दिइने बताए ।