बारा, १० कार्तिक । बारा प्रहरीले २० किलो अवैध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका–५ स्थित घुसुकपुर टोलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

स्थानीय सुनिता देवी साहले सञ्चालन गर्दै आएको पसलबाट गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो । सो क्रममा २० किलो गाँजासहित महागढीमाई नगरपालिका–१ बस्ने प्रतिमा देवी पटेल र करैयामाई गाउँपालिका–१ का सफि अन्सारी, पचरौता नगरपालिका–३ का उपेन्द्र पटेल, सौखीलाल प्रसाद यादव र भारतीय नागरिक सेराज आलमलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।