काठमाडौं, १० कार्तिक । कौडा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका पैयौटारस्थित भिम बाबु केसीको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनीहरुको साथबाट १६ थान कौडा र २ लाख ८६ हजार ६८०० नगद रुपैयाँ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि प्रहरी वृत बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।