हेटौंडामा अज्ञात व्यक्तिको चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते

हेटौंडा, १० कार्तिक । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ कर्रापुल नजिकै अज्ञात व्यक्तिको चक्कु प्रहारबाट बुधबार राति एक युवक गम्भीर घाइते भएका छन् ।
स्थानीय २८ वर्षीय अजित लामा चक्कु प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने युवक भने फरार रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार घाइते लामाको हेटौंडा अस्पतालमा प्राथमिक उपचारपछि भरतपुर रिफर गरिएको छ ।
लामालाई चक्कु प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्नेको पहिचान भने भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
–न्युज कारखाना
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


