काठमाडौं, १० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिदीबहिनीको हातबाट भाइटीका लगाएका छन् ।

बिहीबार आफ्नै निवास बालकोटमा शुभ साइतमै ओलीले दिदीबहिनी विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन् ।

टीका ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भाइटीकाले दिदीबहिनीहरूसँग मिल्ने अवसर जुटाएको बताए । उनले हरेक चाडपर्वको महत्व फरक–फरक हुने भन्दै चाडपर्वको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताए ।