महोत्तरी, १० कार्तिक । नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा जगन्नाथ यादवको ६५ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको लोहारपट्टी–१ बगडाका यादवको बिहीबार बिहान निधन भएको हो ।

पञ्चायती व्यवस्थाविरुद्ध मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली कांग्रेसमा आबद्ध भई उनी प्रजातान्त्रिक आन्दोलनमा सरिक भएका थिए । पछिल्ला केही वर्षदेखि मधुमेहको समस्याले ग्रस्त यादवको आफ्नै निवासमा निधन भएको हो ।

उनको निधनमा कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आफू विद्यार्थी छँदा यादवकै अभिभावकत्वमा पार्टीमा जोडिएको स्मरण गरे ।