सिरहा, १० कार्तिक । सिरहामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।

छठ पर्वको लागि कल्याणपुर बजारतर्फ केरा बिक्रीका लागि लैजाँदै गर्दा सिरहाको पर्चिलवामा नम्बर मेटिएको ट्रयाक्टर पल्टिँदा ट्रयाक्टर चालक कल्याणपुर नगरपालिका–४ बस्ने छेदुवा गोइत र केरा धनी कल्याणपुर–११ बस्ने दुखिया साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यापिएर दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

यस्तै, सिरहाको मिर्चैया नगरपालिका–५ मा बुधबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा मिर्चैया नगरपालिका–६ का १९ वर्षीय जितेन्द्र साहको मृत्यु भएको छ ।