जीप दुर्घटना हुँदा ३ को मृत्यु, १० जना भन्दा बढि घाइते

रोल्पा, ९ कार्तिक । रोल्पाको सुलिचौरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबाट एकसय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका–६ का ५८ वर्षीय विष्णु रिजाल र ६० वर्षीय नारायण रिजाल तथा रोल्पा नगरपालिका–३ कि ५० वर्षीया फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
दुर्घटनामा १० जना भन्दा बढि घाइते भएका छन् । जसमध्ये ७ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ । ब्रेक फेल भएर जीप दुर्घटना भएको प्रहरीको अनुमान छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


