हेटौंडामा यात्रुबाहक बसले ठक्कर दिंदा एकजना पैदलयात्रीको मृत्यु

हेटौंडा, ९ कार्तिक । हेटौंडाबाट पुर्वी मकवानपुरको फापरबारीतर्फ गईरहेको यात्रुबाहक बसले ठक्कर दिंदा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
बुधबार दिउँसो पौने ३ बजे धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा–१७ कठायत चोकमा ना ४ ख ४०२२ नम्बरको बसले सोहि स्थानका अन्दाजी ४० बर्षीय सोम गोलेलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते गोलेलाई उपचारका लागि हेटौंडा अस्पतालमा पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


