जनताले कामको आधारमा मलाई मत दिन्छन् : परमेश्वर साह

जनकपुरधाम, ९ कार्तिक । आसन्न निर्वाचनमा धनुषा क्षेत्र नम्बर–३(ख) मा सत्तारुढ गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार परमेश्वर साहले जनताले कामको आधारमा आफूलाई मत दिने विश्वास व्यक्त गरेका छन् ।
बुधबार जनकपुरधाम–१६ स्थित कपिलेश्वरमा घरदैलोको क्रममा मतदाताहरुसँग भेटघाट गर्दै साहले आफूले गरेका कामहरु बारे यहाँका मतदाता राम्ररी बुझेको र सोही आधारमा आफूलाई मत दिने बताएका हुन् ।
उनले भने, ‘यो क्षेत्रमा गरेका काम र उपलब्धीहरु जनता माझ लिएर जाँदैछु जनताले नाम होइन कामलाई मन पराउँछन् ।’
उनले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताए । सत्ता गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउन नेता कार्यकर्तालाई उनले आग्रह गरे ।
धनुषा ३ मा सत्ता गठबन्धनकै उम्मेदवारलाई मतदाताले मन पराईरहेको उनको दावी थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


