जनकपुरधाम, ९ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा धनुषा क्षेत्र नम्बर–३ को (क)मा जनमत पार्टीबाट उम्मेदवारी दिएका डा. प्रसन्नकुमार झाले आफ्नो पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् ।

बुधबार मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नम्बर २–मा दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्दै झाले यसअघि यहाँका मतदाताले जिताएको प्रतिनिधि भ्रष्टाचारमै चुर्लुम्म डुबेको कुरा जनताले बुझि सकेकाले अब युवा उम्मेदवारलाई अवसर दिन आग्रह गरेका हुन् ।

भ्रष्टाचारलाई जड़ैदेखि निर्मूल नपारिएसम्म प्रदेश र देशको विकास नहुने बताउँदै झाले स्वच्छ छविका उम्मेदवारलाई मत दिन आग्रह गरे । जनमत पार्टी निरन्तर भ्रष्टाचार बिरुद्ध आवाज उठाउँदै आईरहेको उनले स्मरण गराए । यसका साथै आगामी दिनमा पनि भ्रष्टाचार बिरुद्ध आवाज उठाउने उनको भनाई थियो ।