काठमाडौं, ९ कार्तिक । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये नाम हटाइएका उम्मेदवारहरुको विवरण सार्वजनिक गरेको छ ।

विभिन्न पार्टीबाट बन्दसूचीमा नाम रहेकामध्ये ५५० जनाको नाम आयोगले हटाएको हो ।

उमेर नपुगेका, जरिवाना नतिरेका तथा सरकारी नियुक्ति लिएर बसेका लगायतको नाम बन्दसूचीबाट हटाइएको छ ।

आयोगका अनुसार प्रदेशसभातर्फ प्रदेश १ मा ४५ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

यस्तै मधेस प्रदेशबाट ८४, बागमती प्रदेशबाट ७१, गण्डकी प्रदेशबाट २२, लुम्बिनी प्रदेशबाट ७८, कर्णाली प्रदेशबाट २२ र सुदूरपश्चिम प्रदेशबाट २५ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

यसैगरी प्रतिनिधिसभातर्फ २०३ जनाको नाम बन्दसूचीबाट हटेको छ ।