पोखरा, ९ कार्तिक । कास्कीमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको पोखरा महानगरपालिका–३० शिशुवा बस्ने यमुना पराजुलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय बिनित सुवेदीसहित २३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३१ हजार ९५० रूपैयाँ र १ सेट कौडासहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।