सातवटै प्रदेश र संघमा गठबन्धनको सरकार बन्छ : गगन थापा

काठमाडौं, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सातवटै प्रदेश र संघमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् ।
गठबन्धनमा आवद्ध दलहरुले सँगै उभिएर मत मागेपछि मतादेशलाई धोका दिन पाइन्न भन्नेमा आफूहरु प्रष्ट रहेको उनले बताएका हुन् ।
ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले बुधबार काठमाडौं क्षेत्र नम्बर–४ मा गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘सँगै उभिएर ५ वर्षका लागि मत मागेपछि मतको आदेशलाई धोका दिन पाइँदैन ।’
आग्रह पूर्वाग्रह, सनक वा महत्वकाक्षा कारण कसैलाई पनि दाहिने देब्रे फर्किने छुट नभएको उनले बताए ।
‘गठबन्धन त जित्यो, जित्यो अब । सातवटै प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो, संघमा पनि बन्ने हो,’ महामन्त्री थापाले भने, ‘म निर्वाचन जित्न गाह्रो देखिरहेको छैन, तर निर्वाचन पछिको दिनका निम्ति संकल्प गरेका छौं, त्यो गाह्रो देखिरहेका छन् ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


