प्रधानमन्त्रीका प्रेस प्रमुख परियारको नाम समानुपातिकको सूचिबाट हटाइयो

काठमाडौं, ९ कार्तिक । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारको नाम समानुपातिकको सूचिबाट हटाएको छ ।
४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार हुन अयोग्य ५५० जनाको नाम हटाउँदा प्रधानमन्त्रीका प्रेस प्रमुख परियारको नाम पनि हटेको हो ।
परियार लाभको पदमा रहेको भन्दै आयोगले बन्द सूचीबाट उनको नाम हटाएको हो । उम्मेदवार हुन अयोग्य हुनेमा अधिकांश यसअघिको स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका कारण आयोगका जरिवानामा परेकाहरु छन् ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका तर खर्च विवरण नबुझाएका कारण जरिवाना तिर्नुपर्ने ३६९ जनाको नाम बन्दसूचीबाट हटेको छ । उमेर नपुगेकार प्रतिनिधिसभाका २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ ।
दोहोरो उम्मेदवारी परेकाले ६६ जनाको नाम हटेको छ । महिला पुरूषको विवरण फरक परेका ३७ व्यक्तिको नाम हटेको छ । यस्तै मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जनाको नाम बन्दसूचीबाट हटेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


