रुपन्देही, ९ कार्तिक । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर–२ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।

गठबन्धनका चार दलका शीर्ष नेताले एक विज्ञप्ति निकाल्दै आफ्नो साझा उम्मेदवारका रुपमा थापा रहेको उल्लेख गरेका छन् ।

यसअघि त्यहाँ उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी उनी कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेकाले खारेज गरिएको थियो ।

उनको उम्मेदवारी खारेज भएपछि थापालाई गठबन्धनले सहयोग गर्ने भएको हो ।

यो क्षेत्रमा नेकपा एमालेका विष्णु पौडेलले उम्मेदवारी दिएका छन् । गुरुङको उम्मेदवारी खारेजी भएसँगै उनलाई यो क्षेत्रमा सहज हुने बताइएको छ ।