उदयपुर, ९ कार्तिक । उदयपुरमा भीरबाट मोटरसाइकल खस्दा दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको कटारी नगरपालिका–११, हर्देनीस्थित सिद्धिचरण सडकखण्डमा मंगलबार साँझ मोटरसाइकल भीरबाट ५ सय मिटर तल खस्दा दुईजनाको मृत्यु भएको हो ।

हर्देनीतर्फ जाँदै गरेको लु ८८ प १८५६ नम्बरको मोटरसाइकल भीरबाट मोटरसाइकल खस्दा चालक २४ वर्षीय यम्बरबहादुर श्रेष्ठ र २१ वर्षीया इन्दिरा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठको शव सडकबाट ५ सय मिटर तल भेटिएको थियो । मोटरसाइकलको पछाडि बसेकी कार्की रुखमा अल्झिई गम्भीर घाइते भएको अवस्थामा भेटिएकी थिइन् ।

कार्कीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।