सिरहा, ८ कार्तिक । सिरहाको गोलबजारमा एक फैन्सी पसलमा आगलागी हुँदा लाखौंको सामान जलेर नष्ट भएको छ ।

गोलबजार नगरपालिका–४ मूख्य चोकको दोस्रो तल्लामा रहेको फेसन हबमा आगलागी हुँदा करिव ७० लाखको लत्ताकपडालगायतका धनमाल जलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलको डेकोरेशन, फैन्सी आइटम लगायतका सामग्रीहरु जलेर नष्ट भएको संचालक राम किशोर यादवले जानकारी दिए । उनले पसलमा करिव एक करोड बराबरको सामान जलेर नष्ट भएको जनाए ।

आगलागीको कारण खुल्न नसकेपनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजु केसीले जानकारी दिए ।

प्रहरीले क्षतिको सम्पूर्ण विवरण नआएपनि प्रारम्भिक विवरण अनुसार करिव ७० लाखको क्षति भएको हुनसक्ने जनाएको छ ।