रौतहट, ८ कार्तिक । रौतहटस्थित सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठसहितको एउटा ट्रक बरामद गरेको छ ।

डिभिजन बन कार्यालय रौतहटबाट सहायक वन अधिकृत बैजनाथ मण्डलको नेतृत्वमा गएको गस्ती टोलीले ना २ ख ८७१७ नम्बरको ट्रकमा अवैध तरिकाबाट सालको चिरान काठसहित बरामद गरेको हो ।

चन्द्रपुर नगरपालिका जुडीबेला गाउँबाट अवैध काठ लोड गरी आउनेक्रममा टोलीले चाँदीखोलाको पुल छेउबाट ट्रक लाई नियन्त्रणमा लिएको थियो । बरामद ट्रकमा १५० क्यूफिट भन्दा बढी अवैध चिरान काठ फेला परेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख सुनिलकुमार कर्णले बताएका छन ।

सशस्त्र बन गस्ती टोलीलाई हेरेर ट्रक चालक ट्रक छोडेर फरार भएको प्रमुख कर्णले जानकारी दिए । बरामद काठ सहितको ट्रक आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यलय रौतहटमा बुझाइएको भन्सार रेन्जपोष्टका प्रमुख राजेश साहले बताए ।