विवेकशील साझा सकिएको छैन : बास्कोटा

काठमाडौं, ८ कार्तिक । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छन् ।
मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक एवं उम्मेदवार अन्तरक्रिया कार्यक्रम उनले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताएकी हुन् ।
पार्टीले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने अपेक्षा आफूले राखेको पनि उनले बताएकी छिन् ।
५ वर्षमा पार्टी आत्तिएको र थाकेको नभइ अनुभव बटुल्दै अघि बढीरहेको उनले बताएकी छिन् । उनले विवेकशील साझाले गर्न चाहेको राजनीति ४ मंसिरपछि सकिने खालको नभइ देशको विकास र स्थिरताको लागि भएको जिकिर गरेकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


