हेटौंडा, ८ कार्तिक । मकवानपुर प्रहरीले नवलपुरमा जुवा खेलिरहेका ३३ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई जुवा खेलिरहेको खालबाट पक्राउ गरिएको हो । उनीहरुले जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

प्रहरीले त्यहाँबाट १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैयाँ पनि नियन्त्रणमा लिएको छ ।