सर्लाहीको एक पोखरीमा ८ वर्षीया बालिकाको शव फेला

सर्लाही, ८ कार्तिक । सर्लाहीको एक पोखरीमा ८ वर्षीया बालिकाको शव फेला परेको छ ।
कबिलासी नगरपालिका–४ जमुनियाँ बस्ने सुनिल पासवानकी ८ वर्षीया छोरी सीताकुमारी पासवानको शव फेला परेको हो ।
दिउँसो घरनजिकै पोखरीमा डुबेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
बालिका नुहाउने क्रममा पोखरीमा डुबेको आफन्तले बताएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


