सिरहा प्रहरीद्वारा १५ लाखको पटाकाजन्य पदार्थ नष्ट

सिरहा, ८ कार्तिक । सिरहा प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरेको १५ लाखको पटाकाजन्य पदार्थ नष्ट गरेको छ ।
तिहार तथा छठ पर्वका लागि भारतबाट खरिद गरेर नेपाल भित्राइएको पटाका जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतको प्रहरी कार्यालयले विभिन्न मिति, समय र स्थानमा बरामद गरेको थियो ।
मंगलबार ति पटाकाजन्य पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


