कांग्रेसको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित

काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार पारेको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित गरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार बिहान विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको जनाएका हुन् ।
आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी भए पनि स्थगित गरिएको थियो । सोमबार बिहान साढे १० बजे घोषणा पत्र सार्वजनिक गर्ने भने पनि आज पनि घोषणा पत्र सार्वजनिक नहुने भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


