काठमाडौं, ७ कार्तिक । नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा ९ लाख १२ हजार ८० नगदसहित ६२ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले जुवा खेल्नेबाट ६ लाख २७ हजार २७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग २ लाख ८४ हजार ७ सय नगद र १६ थान कौडा बरामद गरेको हो ।

प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ ।