सप्तरी, ७ कार्तिक । सप्तरी प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको विष्फोटक पदार्थ नष्ट गरेको छ ।

छिन्नमस्ता, बोदेबरसाईन ,बिष्णुपुर, बलान बिहुल, खडक नगरपालिका, हनुमानगर कंकालिनी, डाक्नेश्वरी, अग्नीसाईर कृष्णसबरणलगायतका स्थानबाट भारतबाट अबैध रुपमा ल्याएका २ लाख ४५ हजार २०८ रुपैयाँ बराबरको पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

सोमबार प्रहरीले नागिन, फुलझरी, छूरछुरी, आलु बम, रकेट बम, चक्र, आकाशे बमलगायतका विष्फोटक पदार्थ नष्ट गरेको छ ।