ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु

बारा, ६ कार्तिक । बाराको सिमरामा ट्रकको ठक्करबाट एकजना मजदुरको मृत्यु भएको छ ।
सिमरास्थित जगदम्बा स्टिल उद्योगमा कार्यरत करैयामाई गाउँपालिका–५ बस्ने ४० वर्षीय रामसुरत चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।
उद्योगभित्र प्रवेश गर्ने क्रममा प्रदेश–२–००१ख ०३१६ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट बेहोस भएका चौधरीलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका लागि पठाएकोमा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


