भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई पुनः खुवाइने

काठमाडौं, ५ कार्तिक । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई पुनः खुवाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले यही कार्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरेका थिए ।
“६ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ”, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


