हात्तीको आक्रमणबाट एकजना माउतेको मृत्यु

पर्सा, ५ कार्तिक । पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एकजना माउतेको मृत्यु भएको छ ।
निकुञ्जको रामभोरीभाटा सेक्टर गडवालाइन पोष्टस्थित हात्तीसारमा आफैँले पालेको घरपालुवा हात्तीको आक्रमणबाट बाराको जीतपुर सिमरा १५ निवासी माउते रमेश महराको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
‘उहाँले धेरै वर्षदेखि त्यो हाक्तीको सेवा गर्दै आउनुभएको थियो तर आज एक्कासी के कसो भयो चरिचरनबाट फर्केर आएको हात्तीलाई बाध्ने क्रममा माउतेलाई आक्रमण गरेर घाइते बनायो । त्यसपछि उपचारको क्रममा उहाँको ज्यान गयो’ पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले भने ।
आज अपरान्ह साढे ४ बजे हात्तीले महरामाथि आक्रमण गरेको प्रमुख संरक्षण अधिकृत रामले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


