काठमाडौं, ५ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि नेपाली कांग्रेसले सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरेको छ ।

‘प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति’ का संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले सदस्यहरू मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य विद्यादेवी तिमिल्सिनाको संयोजकत्वमा गठित सो उपसमितिमा प्रदेश संयोजक र सदस्यहरू मनोनयन गरिएका छन् ।