जनकपुरधाम, ४ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा धनुषा ३ (ख)को प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका लोसपा नेता परमेश्वर साहले सत्ता गठबन्धनको पक्षमा मत दिन आग्रह गरेका छन् ।

नेता साहले जनताको आधारभूत आवश्यकता सहज रुपमा पूर्ती गर्नका लागि सत्ता गठबन्धनको पक्षमा मत दिन आग्रह गरेका हुन् ।

प्रदेश सरकार भ्रष्टाचारको दलदलमा फसिरहेको समयमा जनताको आधारभूत आवश्यकता पनि पूर्ती हुन नसकेकाले सत्ता गठबन्धनको पक्षमा मत दिन उनले आग्रह गरे ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ बसहियामा घरदैलोका लागि पुगेका साहले मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था दयनिय रहेको समयमा यसमा सुधार ल्याउनुनै प्रमुख लक्ष्य रहेको बताए ।

आफूले भ्रष्टाचार बिरुद्ध निरन्तर आवाज उठाएको र आउने दिनमा पनि उठाई रह्ने साहले अठोट व्यक्त गरे ।