मंसिर ४ पछि जनकपुरको रेल भन्दा विकासले छिटो गति लिन्छ : ओली

काठमाडौं, ४ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार काम गर्नको लागि नबनेको टिप्पणी गरेका छन् ।
शुक्रवार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ गते जनताको महाअदालतले महान् फैसला गर्ने बताएका हुन् ।
ओलीले भने, ‘हामीले रेल ल्याउँछौँ भन्दा मजाकमा उडाउँथे । अस्ति म चढेर आएँ । तर, रेल खचाखच हुने रहेछ । मलाई त्यहाँका अफिसरहरूले भने रेल थपिदिनुपर्यो भनेर । नत्र एकदमै कोचाकोच भयो रेलमा । रेल विस्तार र गर्नुपर्यो । पूर्वपश्चिम रेलमार्ग निर्माणको लागि मार्ग तयार गरिसकेका छौँ । मुआब्जा दिने काम भइरहेको छ । यो सरकारले काम गरेको छैन। यो काम गर्न जन्मिएको सरकार पनि होइन ।’
अब मंसिर ४ पछि जनकपुरको रेल भन्दा छिटो विकासले गति लिने बताए । उनले भने, ‘हाइवेको गाडिभन्दा छिटो विकासको गति तीव्र गतिमा चुनावपछि बन्ने एमाले सरकारले लिन्छ । मंसिर ४ मा गाउँ गाउँमा महाअदालत बसेर महाफैसला गर्दैछ । त्यो सही फैसला हुन्छ । साथीहरू लाग्नुस् ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


