नवनियुक्त राजदूत थम्पसनले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, ४ कार्तिक । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
राजदूत थम्पसनले नेपालका लागि राजदूतका रुपमा काम गर्न पाउनु सम्मानको विषय भएको बताका छन् ।
‘अमेरिका नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्लो ७५ वर्षका उपलब्धीलाई उछिन्नेछ भन्ने सुनिश्चित गर्न म नेपालको नेतृत्व र जनतासँग सहकार्य गर्न उत्सुक छु’, उनलाई उद्धृत गर्दै अमेरिकी दूतावासले भनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


